३० आश्विन २०८३, शुक्रबार

निर्माण समाग्रीको अभाव पछि कछुवाको गतिमा काम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shamalan kendra photo– विकाश पराजुली

बुटवल, २३ वैशाख । बुटवल १२ रामनगर निर्माणधिन अवस्थामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अहिले जारी छ । सम्मेलन केन्द्रको काम अहिले पहिलो चरणमा करिव २५ प्रतिशत काम भइरहेको निर्माण कम्पन्नीले जानाकारी दिएको छ ।

३० महिनामा निर्माण पुरा गर्नुपर्ने सहमति अनुरुप २०७१ साल माघ १५ गते सम्झौता भएपछि पहिलो चरणको कार्य अहिले भइरहेको हो ।

वि.स २०७४ साल साउन १४ गते निर्माण सम्पन्न गर्ने गरी अहिले काम जारी भएको भएपनि निर्धारित समयमा काम पुरा नहुने भएको छ ।

मण्डपमा रहेका रुखहरु काट्ने अनुमति ढिला पाएको तथा भुकम्प, नाकाबन्दी र निर्माण सामाग्रीको अभावका कारण समयमानै निर्माण सम्पन्न नहुने शहरी विकास तथा भवन निर्माण विभाग रुपन्देहीका ईन्जिनियर धनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्माण स्थलमा रुख काट्ने काम सम्पन्न भइसकेको र अहिले चरणबद्ध रुपमा काम अगाडि बढिरहेको छ ।

पहिलो चरण अन्र्तगत सुर्य आकारमा तीन व्लकहरु ए, वि र सि छुट्टा छुट्टै व्लकहरुको काम भइरहेको उनले बताए । “अहिले वि व्लग (रजिस्टेशन भाग) को काम भइरहेको छ, वि सँगै सि व्लगमा पिल्न्ट विमको काम भइरहेको सँगै भएको छ” ईन्जिनियर श्रेष्ठले भने । उनले सि व्लगकामा पिल्न्ट विमको ढलानको काम जारी रहेको र त्यसमा कार्यालय, शौचालय हुने बताए । त्यस्तै ए मा मुख्य हल बन्नेछ ।

धेरै समय फाउण्डेशनका लागि समय खर्च हुने भएकाले पनि अहिले फाउण्डेशनकै काम पनि जारी रहेको उनले बताए ।

पहिलो चरणमा एउटा ११ सय १४ जना अटाउने मुख्य सम्मेलन हल, त्यसैगरी ५०/५० र १ सय १ सय अटाउने अन्य ४ वटा हल गरी जम्मा ५ वटा विभिन्न प्रयोजनका हल निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग रुपन्देहीका प्रमुख सुरेश ठाकुरले बताए ।

बुटवल मण्डपमा रहेको साढे १६ विगा जग्गा मध्ये १० विद्या क्षेत्रफलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुँदै छ । बाँकी साढे ६ विगा जग्गा बुटवल मण्डपलाई छाडिएको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पहिलो चरणको लागत मुल्य २७ करोड ३९ लाख रुपैया रहेको ईन्जिनियर श्रेष्ठले बताए । सम्मेलन केन्द्रलाई १ अर्ब ३२ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ । सम्पुर्ण गुरुयोजना सम्पन्न गर्दा भने कुल १ अर्ब ८७ करोडको लागत स्टिमेट गरिएको बताइएको छ । यसमा बुटवल मण्डप समेत समावेश रहेको छ ।