१ कार्तिक २०८३, आइतबार

कतारले नेपाललाई दियो सुविधासम्पन्न ९ मर्सिडिज बेन्ज कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marcides-benz-zeep

काठमाडौँ, २२ वैशाख । कतार सरकारले नेपाललाई नौ वटा मर्सिडिज बेन्ज कार सहयोगस्वरुप उपलब्ध गराएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूत अहमेद जसीम महोमद अलि अल–हमेरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई ती कारको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा परराष्ट्रमन्त्री थापाले सामाजिक तथा आर्थिक क्षेत्रमा कतार सरकारले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको बताउँदै संविधान जारी भएपछि नेपालमा लगानीका लागि उपयुक्त अवसर सिर्जना भएकाले लगानीका लागि आह्वान गरे ।

कतारले उपलब्ध गराएका ती कार आगामी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडी (बिमेष्टेक), दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बैठक, विदेशी राष्ट्राध्यक्षको आगमनजस्ता अन्य महत्वपूर्ण कार्यका लागि प्रयोग हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । रासस