काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसमा सर्वाधिक कुटिल र जटिल मानिएका कृष्णप्रसाद सिटौलाले आफ्नो हैसियत जोगाउन फेर चलखेल सरु गरेका छन् ।
खड्कप्रसाद ओली नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी गराउन विगत आठ महिनादेखि नै विभिन्न प्रकारले कसरत गर्दै आएका सिटौलाले तत्काल ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी भइदिने र छ महिनापछि कांग्रेसका लागि ओलीले छोडिदिनुपर्ने गरी कुरा मिलाउन प्रयास गरेका थिए । तर, सिटौलाको प्रयास सफल हुन सकेन । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
कांग्रेस–एमाओवादी मिलेर ओली नेतृत्वको सरकार विस्थापित गर्न कसरत भइरहेको सुइँको पाउनेवित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी प्रचण्डसँग डिल गर्न तपाईहरू सक्नुहुन्न भन्दै त्यसको जिम्मेवारी आफूलाई दिन सिटौलाले आग्रह गरेका थिए ।
त्यसी देउवासँग प्रचण्डलाई बुझ्न र ठीक ढङ्गले डिल गर्न आफूले मात्र सक्ने दाबी गरेका सिटौलाले प्रचण्डलाई भेटेरचाहिँ इण्डियाको भर–विश्वास पर्नु हुँदैन भनी सचेत गराउने प्रयत्न गरेको बुझिएको छ ।
सिटौलाको भूमिकाबारे थाहा पाएका नेताहरु आपसी छलफलका क्रममा यस विषयलाई लिएर हाँस्ने गरेको बताइएको छ ।















प्रतिक्रिया