दाङ, २१ वैशाख । सत्तारुढ दल नेकपा (एमाले)निकट अखिल नेपाल महिला संगठन दाङमा विभाजन आएको छ । विभाजनसँगै दुई समूहबीच आरोप प्रत्यारोप चलेको छ ।
संगठनको एउटा पक्षले केही दिन पहिले केन्द्रीय अध्यक्ष गोमा देवकोटा र सचिव सुजिता शाक्यलाई उपस्थित गराएर सातौं जिल्ला अधिवेशन गराएको केही दिनमै अधिवेशन बहिस्कार गरेको अर्को पक्षले पत्रकार सम्मेलन गरेर अधिवेशन अवैधानिक भएको जनाएको हो ।
अधिवेशन बहिस्कार गरेको पक्षको अध्यक्ष सीमा न्यौपानेले सोमबार दाङमा पत्रकार सम्मेलन गरेर आफू अध्यक्ष भएको घोषणा गर्नुभयो । यो समूह वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट मानिन्छ । उहाँले संगठनको सम्मेलन र अधिवेशनका बारेमा आफूलाई जानकारी नै नदिइ अर्कै व्यक्तिलाई अध्यक्षता गराई केन्द्रीय अध्यक्ष र सचिवले जबर्जस्ती अधिवेशन गराएको बताउनुभयो ।
गुट उपगुट सृजना गराउने उद्देश्यले केन्द्रीय नेताहरुले नै संगठनमा बिभाजन ल्याएको अध्यक्ष न्यौपानेले दावी गर्नुभयो ।
संगठनमा क्रियाशील नै नरहेको व्यक्तिलाई अध्यक्षता गराई झण्डै दुई तिहाई संख्यामा रहेका आफूहरुलाई जानकारी नै नगराएर सम्मेलन गराएकोप्रति सो समूहले कडा आपत्ति जनाएको छ ।
बैधानिकरुपमा जिल्लाको अधिबेशन गर्ने आफूहरु तयारीमा रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
संगठनको अर्काे समूहले गएको शनिवार घोराहीमा गरेको सम्मेलनले रेखा शर्माको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
रेखा शर्मा नेतृत्वको अनेमसंघको बैठक बसेको छ । शर्माको अध्यक्षता एवं केन्द्रीय सचिव सुजिता शाक्यको प्रमुख आतिथ्यता र राप्ती अञ्चल ईञ्चार्ज तीर्था गौतमको विशिष्ट आतिथ्यतामा बसेको बैठकले १५ सदस्यीय सचिवालय गठन गरेको छ ।
सचिवालयमा कमला आचार्य, कमलापति चौधरी, विश्वमाया रेग्मी, वसन्ता महरा, शान्ता केसी, राधा पौडेल, ईश्वरा रावत, रामकली चौधरी, सरिता चौधरी, मनमाया केसी रहनुभएको छ ।
त्यस्तै बैठकले अम्विका पोख्रेलको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
जसमा सुवर्णा आचार्य, पुष्पा पोख्रेल, अम्विका बिष्ट, अमृता गौतम, ललिता केसी, चित्रा मल्ल, प्रभा पोख्रेल, सरिता थापा, लक्ष्मी थापालगायत रहनुभएको छ ।
बैठकले पाँचवटै क्षेत्रको ईञ्चार्ज तोकेको छ । जसमा क्षेत्रनम्वर १ मा कमला आचार्य, २ मा मता केसी, ३ मा भारती गौतम, ४ मा पुष्पा लामिछाने र ५ मा यशोदा घिमिरे रहनुभएको छ ।
सचिव जानका रेग्मी संगठन बिभागमा, कार्यालय सचिवमा शान्ता अधिकारी, प्रकाशन तथा प्रचार बिभागमा गायत्रा डाँगी, प्रशिक्षण बिभाग हुमा डिसी, महिला हिंसा बिरुद्धको अभियान समितिमा गोमा बस्नेत, स्वास्थ्य बिभाग प्रमुख राधा पौडेल, सामाजिक संघसंस्था बिभाग युवा करारा, कानुन बिभाग केशरा खनाल र युवा समिति बिभागमा मनमाया केसीलाई जिम्मेवारी दिएको सचिव जानका रेग्मीले जानकारी दिनुभयो ।












प्रतिक्रिया