१९ कार्तिक २०८३, बिहिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hardineta gulmi-1– अनिल खत्री
गुल्मी, २० वैशाख । गुल्मीको हर्दिनेटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ ।

सोमवार दिउँसो हर्दिनेटाबाट भतेरपाटा भन्ने स्थान आफ्नै घरतर्फ जानेक्रममा लु २ प ३६९० नम्बरको मोटरसाइकल सडकबाट करिब २० मिटर तल खस्दा मोटरसाइकल चालक हर्दिनेटाको वडा नं. २ निवासी ५७ बर्षिय टेकराज पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

हर्दिनेटाबाट भतेरपाटा भन्ने स्थान आफ्नै घरतर्फ जानेक्रममा हर्दिनेटाको वडा नं. २ भतेरपाटामा भन्ने स्थानमा दुर्घटना परि घाइते पन्थको उपचारका लागी श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानिय राकृष्ण कँडेलले जानकारी दिनुभयो ।