काठमाडौं, २० वैशाख । रोटरी क्लब अफ राजधानी र आर्ट अफ लिविंगको संयुक्त आयोजनामा बैशाख ११ र बैशाख १८ गते सुन्धारास्थित केन्द्रीय कारागार का १५० भन्दा बडी पुरुष तथा महिलाहरुलाई योग तथा उत्प्रेरण शिविर संचालन गरेको छ ।
शिविरमा आर्ट अफ लिविंगका भवेश खनाल र लिला लामिछानेले योगको प्रयोग सिकाएका थिए भने रोटरी क्लबका संस्थापक राजेन्द्र बहादुर श्रेष्ठले चार मैनबत्तिको कथा तथा प्रेरणा मुलक कथा प्रस्तुत गर्नु भएको थियो ।
साथै रोटरीका सिर्जना श्रेष्ठले विभिन्न सकारात्मक संदेश दिने खालका खेल खेलाउनु भएको थियो । शिविर ११ गतेलाई मात्र राखिएकोमा कारागारमा रहनुभएका कैदीहरुको अनुरोध मा १८ गते पनि गरिएको जानकारी रोटरी क्लब अफ रजधानीका अद्श्य देवेन्द्रलाल श्रेष्ठले बताउनुभयो । शिविरमा जम्मा २५ जना स्वयंसेवक हरु को उपस्थिति थियो ।
कारागार प्रशासन ले स्वीकृति दिएमा यस्ता कार्यक्रम बार्षिक तालिका बने सधै गरिने जानकारी रोटरियन राजेन्द्र बहादुर श्रेष्ठ ले जानकारी गराउनुभयो ।













प्रतिक्रिया