१७ कार्तिक २०८३, मंगलबार

बैतडीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गयो, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_districtबैतडी, २० बैशाख । बैतडीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ भने दुई घाइते भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महाकाली–७ सौगाड भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा उदयदेव–३ बस्ने ४५ वर्षीया सिता तिरुवाको आइतबार ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर २७ बर्षीया माधवी तिरुवा र १० बर्षीया बिमला तिरुवा समेत सामान्य घाइते भएका थिए ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।