मोरङ, २० बैशाख । जन्ती बोकेको मिनिबस र मिनिट्रकमा ईट्टा प्रहार गरेको अभियोगमा सुनसरी सत्येझोडा–९ बस्ने २२ बर्षीय विपिन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादव समेतका ३–४ जनाको समूहले आइतबार राति बिराटनगर उपमहानगरपालिका–१६ बरमपुरा पुल नजिक सुनसरीको रामगंज बेलगछीया–७ तर्फ जन्ती लिई जाँदै गरेको को.१ ख १२२ नम्वरको मिनिबस र स.१ क १४३ नम्वरको मिनिट्रकमा ईट्टा प्रहार गर्दा मिनिट्रकको अगाडीको सिसा, बसको अगाडी साईडको सिसा फुटेर क्षति भएको थियो ।
ईट्टा प्रहार हुदा सिसा उछिटिएर बसमा सवार भारत जोगवनी–७ बस्ने ७८ बर्षीय संजय कुमार तत्माको निधारमा चोट लागेकोले उपचारको लागि कोशी अंचल अस्पतालमा लगिएको छ ।
फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया