– रोजेन्द्र जोशी
डोटी, २० वैशाख । डोटी जिल्लाको दिपायल कुलपातेमा चितुवाको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
आइतबार दिउँसो लुगा धुन निस्केकी कपल्लेकी गाविस वडा नं. ७ उमकोट घर भएकी ३० वर्षीया कलावती बिक चितुवाको आक्रमणमा परी घाइती बनेकी हुन् ।
उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
चितुवाले आक्रमण गर्दा उनको दाहिने खुट्टामा चोट लागेको छ ।
आक्रमणबाट गम्भीर घाइते बिकलाई उपचारका लागि दिपायलस्थित सुजंग अस्पताल पुगाइएको छ ।












प्रतिक्रिया