८ कार्तिक २०८३, आइतबार

एमाले महासचिव ईश्वर पोखरेलले यसरी गरे गोप्य खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwor-Pokheralकाठमाडौं, २० वैशाख । एमाले महासचिव ईश्वर पोखरेलले वतर्थमान सरकारको लोकप्रियताका कारण भयभीत केही नेताहरुले सरकार परिवर्तनका लागि छिमेकीसँग साउती गर्न थालेको आरोप लगाएका छन् ।

एमाले निकट नेपाल ट्रेड युनियन महासंघले मजदुर दिवसका अबसरमा आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

ओली सरकारको लोकप्रियता नीति तथा बजेट ल्याउने भयका कारण केही राजनीतिक दलका नेता सरकार ढाल्न छिमेकमा गएर साउती मार्न थालेको बताए ।

कुनै पार्टीको नाम नलिए पनि उनको अभिव्यक्ति हालै दिल्लीबाट फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित थियो ।

‘संविधान जारी गरेपछि एमालेले अब बजेट, नीति र कार्यक्रममार्फत लोकप्रियता हासिल गर्ने भयो भनेर छिमेकतिर दौडादौड गरेर सरकार परिवर्तनको खेल सुरु भएको छ’, पोखरेलले भने ।

संविधान जारी हुनु अघि गरिएको १६ बुँदे सहमति नमान्दा कोही चिप्लिएर लडेपनि आफूहरु त्यसलाई उठाएर डोराउन तयार भएको स्पष्ट पारे ।