– शम्भू माली
कपिलवस्तु, १९ बैशाख । नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज बुद्धस्थल तिलौराकोटको अवलोकन गरेका छन् ।
श्रीमती योको ओगावा, जापानका दुई पूर्व साँसदसहित छ जनाको टोलीले बुद्धस्थल तिलौराकोटको अवलोकन गरेका हुन् । राजदूत आगावाले तिलौराकोटको पश्चिमीद्वार, मध्यभाग र पुर्वीद्धारको अवलोकन गर्दै सो बारे जानकारी लिएका थिए ।
उनले उत्खनन क्षेत्र अवलोकन गर्दै हाल सम्मको उत्खननका उपलब्धिबारे लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेती सँग जानकारी लिएका थिए । भ्रमणको उदेश्य बारे सञ्चारकर्मीको जिज्ञासाबारे मन्तब्य दिदै राजदूत ओगावाले कपिलवस्तु बुद्धले २९ बर्ष बिताएको ऐतिहासिकस्थल रहेको बताए ।
उनले तिलौराकोटको बिकासका लागी जापानका सरकारी र गैरसरकारी निकायको सहयोगका लागी आफूले समन्वय गर्ने जनाए । जेफीड अन्र्तगतको उत्खननको कार्यलाई निरन्तरता दिने समेत उनको भनाई थियो । आफूले आफना सहकर्मी र परिवारका सदस्यलाई तिलौराकोट भ्रमण गराउने उद्धेश्यका साथ आफू यहाँ आएको बताए ।
तिलौराकोट गौतम बुद्धका बाबु राजा शुद्धोधनको राजधानीको रुपमा परिचित रहेको छ । तिलौराकोट गौतम बुद्धले आफनो बाल्यकालको अमुल्य २९ बर्ष बिताएको स्थान हो ।













प्रतिक्रिया