– बसन्त खड्का
नेपालको राजधानी काठमाडौँ अव्यवस्थित शहरीकरण र बढ्दो जनसङ्ख्या जनघनत्वका कारण यहाँको पुर्वाधारको विकास विशेष गरेर शहरी यातायातको प्रभावकारी व्यवस्थापन गर्न निकै नै अप्ठयारो भएको छ ।
आम नेपाली नागरिक जनतालाई सरल सहज एवँ सुरक्षित ढँगबाट यातायात सुविधा उपलव्ध गराउन यातायात सेवालाई सुदृढ सक्षम तथा प्रभाकारी वनाउन यातायात व्यवस्थापन सडक दुर्घटनाबाट पिडित पक्षलाई क्षतिपूर्ति उपलव्ध गराउने लगायतका सेवा प्रदान गर्ने उद्धेश्यका साथ सवारी तथा यातायात व्यवस्था ऐन २०४९ नियमावली २०५४ कार्यन्वयनमा रहेका छन् । तर यि नीति नियम अझैसम्म कार्यन्वयनमा आउन सकेका छैनन् । हरेक क्षेत्रका व्यक्तिले आ आफनो क्षेत्रबाट सरल उपायबाट लागियो भने शहर विकास र व्यवस्थित गर्न सरल हुन सक्छ ।
जनसङख्याको वृद्धि अव्यवस्थित शहरीकरण नीजि तथा सार्वजनिक सवारी साधनहरुको दिन प्रतिदिन वढ्दो सङख्या आदीले सडक दुर्घटना ट्राफीक जाम वातावरणिय प्रदुषण अव्यवस्थित रुपमा सार्वजनिक यातायात सँञ्चालनले काठमाडौको सार्वजनिक यातायात व्यवस्थामा प्रशस्त्रै समस्याहरु देखापरेका छन् । यी समस्याहरका कारण काठमाडौ शहरको दिगो आर्थीक विकासमा समेत अवरोध सृजना बन्दै आइरहेको छ । काठमाडौ शहरको ध्वनि प्रदुषण वातावरण प्रदुषण जहाँसुकै फोहोेर मैला अव्यवस्थित ढँगले कामको थालनि काठमाडौका समस्याहरु हुन् ।
यदि समयमै काठमाडौ शहरको सार्वजनिक यातायात प्रणालीको सुदृढिकरण तथा वयवस्थापन सम्वन्धी नीति निर्माण कार्यन्वयन नगरेमा काठमाडौको यो अवस्था विकराल हुने देखिन्छ । काठमाडौ उपत्यकाको वायु प्रदुषणको अवस्था निकै खतरायुक्त छ मूख्य गरेर डिजेल पेट्रोलबाट सँचालित यातायात साधनहरुबाट उत्सर्जित कार्वनडाइअक्साइडले काठमाडौमा प्रदुषितको यो अवस्थासम्म आइपुगेको हो ।
यातायात व्यवस्था विभागबाट प्राप्त एक तथ्याङकअनुसार हालसम्म काठमाडौ उपत्यकामा विभिन्न किसिमका सवारी साधनको ८ लाख १५ हजार पुगिसकेको छ । यहि वास्तविकतालाई महसुस गर्दे नेपाल सरकारले काठमाडौ दिगो शहरी यातायात आयोजना कार्यन्वयनमा ल्याएको हो । नेपाल सरकारको भौतिक तथा यातायात मन्त्रालयले एसियाली बिकास बैँकको आर्थीक तथा प्राविधिक सहयोगमा कार्यन्ययन गरिएको छ ।
२०६८ सालको सुरुवाट कार्यन्वयन भएको आयोजना २०७४ सालमा सम्पन्न हुने गरि उक्त अवधिमा शहरी यातायात व्यवस्थापन कार्यन्वयन गर्ने र सार्वजनिक यातायातको सुदृढिकरण ट्राफीक व्यवस्थापन सुधार पदयात्री मार्गको स्तरोन्नती र विस्तार तथा सडक पेटि सुधार वायु प्रदुषण अनुगमन गर्ने रहेका छन् ।
शहरी क्षेत्रभित्र सहज पैदल यात्राका लागी मार्गहरुको विस्तार तथा स्तरोन्नती सहज पैदल यात्राका लागी काठमाडौ शहरको भित्रि भागमा ८ किलोमिटर पैदल मार्ग विस्तार स्तरोन्नती गरिनेछ भने १५ किलोमिटर सडक पेटि सुधार गरि वृद्धा,अपाङ तथा बालबालिका मैत्री पैदल यात्री मार्गको निर्माण गर्ने शहरी विकास आयोजनाको रहेको छ ।

















प्रतिक्रिया