१ कार्तिक २०८३, आइतबार

एकल महिलालाई व्युटिसियन मेसिन हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beauty 1

उदयपुर १९ बैशाख । एकल महिलाको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्ेश्यले जिल्लाका तीन जना एकल महिलालाई व्युटीसियन मेसिन हस्तान्तरण गरिएको छ ।

जिल्ला बिकास समिति र घरेलु तथा साना उद्योग बिकास समितिको सहयोगमा सामुदायिक बिकास तथा परिवर्तन केन्द्र (एसिडिसी) नेपालको आयोजनामा आयोजित तीन महिने व्युटीसियन तालिमको समापन समारोहमा उनीहरुलाई मेसिन हस्तान्तरण गरिएको हो ।

सामाजिक बन्धन र चुलोचौकामा सिमित रहेका एकल महिलालाई तीन महिनासम्म व्युटिसियन तालिम दिई व्यवसाय सञ्चालनका लागि आयोजक संस्था र सहयोगी कार्यालयले मेसिन हस्तान्तरण गरेका हुन् । उनीहरुसँगै सहभागि भएका अन्य ५ जना महिलालाई तालिम समापनको अवसरमा ४० प्रतिशत छुटमा मेसिन उपलब्ध गराइएको एसिडिसी नेपालका महासचिब राजु तुलाधारले जानकारी दिए ।

संस्थाले सृजा व्युटी पार्लर एण्ड टे«निङ्ग सेन्टर त्रियुगा नगरपालिका ८ वगाहामा माघ १७ गतेदेखि तालिमको आयोजना गरेको थियो । मेसिन स्थानीय बिकास अधिकारी पिताम्बर अधिकारी र महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला कार्कीले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

मेसिन हस्तान्तरण गर्दै प्रमुख अतिथि एलडिओ अधिकारीले व्युटीपार्लरले एकल महिलाको पेशालाई दिगो र जीविकोपार्जनमुखी बनाउन मद्दत पुग्ने बताए । उनले व्यवसायसँगै आयआर्जनलाईसमेत ध्यान दिन सके एकल महिलाको दैनिकीमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

त्यसैगरी महिला बिकास अधिकृत निर्मला कार्कीले व्यवसायलाई नगदेबालीको रुपमा लैजान सकिने बताए । उनले अभिरुची, अनुभव र आर्थिक पंक्ष मिल्न सकेमात्र व्यवसाय फस्टाउने भएकाले धैर्यता गर्न आग्रह गरिन् ।

त्यसैगरी प्रेस चौतारी नेपालका पुर्वअध्यक्ष भरत खड्काले अस्वस्थ प्रतिसपर्धाले व्युटीसियन पेशा धरासय बन्दै गएकाले स्वच्छ र व्यापारी सर्वेक्षण गरेर मात्र व्यवसाय सुरु गर्न आग्रह गरे । उनले राम्रो बन्ने मानिसको चाहानालाई पुरा गर्दा स्वास्थ्यलाई समेत ख्याल गर्न आग्रह गरे ।

कार्यक्रम घरेलु कार्यालयका निमित्त निर्देशक गुणराज खत्रीको अध्यक्षता र एसिडिसी नेपालका अध्यक्ष सृजना ढकालको सहजिकरणमा सम्पन्न भएको थियो ।