८ कार्तिक २०८३, आइतबार

रामबहादुर थापाले मोहन बैद्यलाई यसरी अपमान गर्दैछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist leaders, Ram Bahadur Thapa (left) and Mohan Baidyaकाठमाडौं, १८ वैशाख । माउ पार्टीसँग एकता एजेन्डामा मोहन वैद्य नेतृत्वको माओवादी विभाजनको संघारमा देखिएको छ । अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापा बादलसहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकता नजिक पुगेका हुन् ।

पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग पार्टी एकीकरण विषयमा उत्पन्न विवाद समाधान गर्न नसक्दा वैद्य नेतृत्वको नेकवा क्रान्तिकारी माओवादीमा विभाजनको रेखा बाक्लिँदै गएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

अध्यक्ष वैद्यले जारी केन्द्रीय समिति बैठकमा एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्नै नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरणको निर्णय गराउने योजना बनाएका छन् ।

‘कुनै चमत्कार भएन भने पार्टी एमाओवादीसँग अध्यक्ष वैद्यबिनै एकता हुन सक्ने प्रस्टिँदै गएको छ’, नेता लेखनाथ न्यौपानेले भने, ‘बादलजीसहित बहुमत सदस्य एमाओवादीसँग एकता हुन सक्ने देखियो ।’

न्यौपानेका अनुसार अध्यक्ष वैद्य केन्द्रीय समिति बैठक आह्वान गरेनन् भने थापा समूहले अलग्गै भेला गरेर एमाओवादीसँग पार्टी एकता निर्णय गर्नेछन् ।

जारी केन्द्रीय समिति बैठकमा एकीकरण पक्षधर थापासँग सहमत केन्द्रीय सदस्यको बहुमत देखापरेपछि एकीकरणप्रति अनिच्छुक अध्यक्ष वैद्यले एक महिनाका लागि केन्द्रीय समिति बैठक अचानक स्थगित गरेका थिए ।