काठमाडौं, १७ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौताका लागि योग्य घरधनीहरुलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको छ ।
गोर्खा, मकवानपुर, धादिङ, नुवाकोट सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, रसुवा, ओखलढुंगा र सिन्धुली जिल्लामा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सुची अनुसार रकम उपलब्ध गराउन प्राधिकरणले रकम निकासा गरेको हो । यसअघि र अहिले गरी प्राधिकरणले आवास अनुदानतर्फ १२ अर्व, ५९ करोड, ७८ लाख ४२ हजार रुपैयाँ निकास गरेको छ ।
पूँजीगत खर्चतर्फ केन्द्रीय आयोजना इकाई शिक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केन्द्रीय आयोजना इकाई, सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका साथै सिँचाइ, खानेपानी तथा सरसफाई, उद्योग, वन तथा भू–संरक्षण, रक्षा, कृषि मन्त्रालय र सडक विभागबाट पेश हुन आएका कार्यक्रम स्वीकृत गरी रकम निकासा गरिएको छ ।
विपद्पछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएनए)मा उल्लेखित सबै मन्त्रालय तथा निकायहरुलाई आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रमको विवरण प्राधिकरणमा पेश गर्न प्राधिकरणले सबै मन्त्रालयहरुलाई अनुरोध गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
















प्रतिक्रिया