८ कार्तिक २०८३, आइतबार

दुई ठूला माओवादी यसरी मिल्दैछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Mohan-Baidhyaकाठमाडौं, १७ वैशाख । सत्तारुढ एकीकृत माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरण गर्ने उदेश्यसहित छलफल सुरु गरेको छ ।

जारी स्थायी समिति बैठकले वैद्य नेतृत्वको केन्द्रीय समितिका बहुमत सदस्य आफ्नो पार्टीसँग एकता गर्न उत्साही भएको संकेत पाएलगत्तै एमाओवादीले एकता प्रक्रियाबारे बुधवारबाट औपचारिक रुपमै छलफल थालेको नागरिक दैनिकले समाचार छापेको छ ।

पार्टी विभाजनपछि अन्य पार्टीसँग एकता गर्ने उदेश्यसहित एमाओवादीले गम्भीरतासाथ बहस चलाएको यो पहिलो पटक हो । अन्य माओवादी दलसँग कसरी एकता गर्ने भन्नेबारे छलफल सुरु गरिएको स्थायी समिति सदस्य जनादर्शन शर्माले बताए ।

ुबैद्यजीको पार्टीलगायत एकता प्रक्रियामा आउनसक्ने पार्टीसँग कसरी एकता गर्ने भन्नेबारेमा छलफल जारी छ’, शर्माले भने, ‘एकीकरणपछि संगठनको जिम्मेवारी, पार्टीको भावी कार्यदिशा, कार्यनीति लगायत विषयमा गम्भीर छलफल गरिरहेका छौ ।’

एकता प्रक्रियामा आउन सक्ने माओवादी शक्तिलाई कसरी समायोजन र सम्मानजनक स्थान दिने लगायत विषयमा सैद्धान्तिक छलफल सुरु गरिएको उनको भनाई छ ।

समाजवादी क्रान्तिको तयारीमा जानुपर्ने प्रचण्ड नेतृत्वको एमाओवादीको कार्यदिशा र जनवादी क्रान्ति गर्नु पर्ने जोड गर्ने क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यबीच अझै पनि सैद्धान्तिक सहमति जुट्न सकेको छैन ।