१ कार्तिक २०८३, आइतबार

पानीका कारण पूर्ण सरफाइ अभियान प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura-Pani

बाजुरा, १६ वैशाख । पानीका कारण जिल्लाका अधिंकास बस्तीहरुमा पूर्ण सरसफाइ अभियान प्रभाबित भएको छ ।

बिशेष गरी उत्तरी भेगका गोत्री, जथन्नाथ र कोटीला गाविसहरुमा खुलादिसा मुक्त क्षेत्र पश्चात बिद्यालय,सार्वजनिक स्थलहरुमा खुला दिसा देखा पर्न थालेको स्थानियले बताएका छन ।

बस्तीहरुमा ब्रह्म्तोला गाविसमा अझै पुर्ण सरसफाइ योजनाको थालनी हुन नसकको स्थानियबासीहरुले बताएका छन । बाजुरा जिल्लाका एक नगरपालिका र २४ गाविस मध्ये तेस्रो स्थानमा खुला दिसा मुक्त क्षेत्रका रुपमा भएको भए पनि हाल पूर्ण सरसफाइ योजना लागु हुन नसक्दा सरफाइको अवस्था अन्यौलता छाएको छ ।

बाजुरा जिल्ला देशकै १६ औ स्थानमा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको भएनि खानेपानीको समस्याका कारण पूर्ण सरसफाइले पूर्णता पाउन नसकेको सामाजिक अभियान्ता शेरबहादुर शाहीले बताए । पूर्ण सरफाइ हुनका लागी घर आगन दिनहु सरसफाइ, प्रत्येक घरम जुठ्यानको उचित ब्यबस्था, दिनहुँ सावुन पानीले हात धुने, धुवा रहित चुल्होको प्रयोग, करेसाबारीको प्रयोग, चर्पीको प्रयोग जस्ता सुचकहरु हुनुपर्ने भएता पनि ती सुचकहरु गाविसमा लागु हुन नसकेको ब्रहम्तोला गाविसका सहायक लेखापाल बसन्त थापाले बताए ।

पूर्ण सरफाइको त कुरा टाढैको बिषय हो तर खुला दिसा मुक्त भएको भएपनि पानी नहुदा कतिपय बिद्यालयहरुमा खुला रुपमा दिसा देखा पर्ने गरेको पनि थापाले बताएका छन ।

ब्राहबिस गाबिसमा रहेको भगवती मावि, त्रिशक्ति उमाविमा सौचालयमा पानी समस्याका कारण महिनावारी हुदा छात्राहरु बिद्यालय समेत नजाने गरेको छात्रा भगवती माविकी जला कुमारी सिह बताए । यसैगरी ब्रहम्तोला गाविस वडा नं ३ मल्लाकुडीमा रहेको जैमेले चौका निमाविमा पानी नहुदा छात्र छात्राहरु खुला दिसा गर्न बाध्य भएका स्थानिय लोकेन्द्र सिंहले बताए ।

सिंहका अनुसार पूर्ण सरफाइको त कुरै छाडौ गर्मीयाम बढ्दै छ झाडा पखाला र हैजा फैलन्छ की भन्ने डर लागेको समे बताए । सरसपmाइ सम्बन्धि गाविसमा हाल सम्म कुनै रणनैतिक योजना बन्न नसकको ब्रहम्तोला गाविस सचिव मदनराज जोशीले बताए ।

खुला दिसा मुक्त क्षेत्र घोषणा भएछि हैजा र झाडापखालाका रोगीहरुको सङ्ख्यामा कमी आएको ब्रहम्तोला स्वास्थ्य चौकीका इन्चार्ज बेदप्रसाद जोशीले बताए । पानीकै कारण पूर्ण सरसफाइ अभियान प्रभावित भए पछि यस्ता बिषयमा सवैको ध्यान जान जरुरी रहेको देखिन्छ ।