८ कार्तिक २०८३, आइतबार

बादलसहित बैद्य माओवादी यसरी एमाओवादीमा बिलय हुँदैछ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoकाठमाडौं, १६ वैशाख । फुटेको करिब चार बर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एमाओवादी र मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच एकता हुने भएको छ ।

आगामी आइतबार बिश्व मजदुर दिवस मे एकको अवसरमा दुई दलबीच एकता हुने भएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

एकताको बिषयलाई लिएर बैद्य नेतृत्वको माओवादीमा बिबाद उत्पन्न समेत भएको छ । महासचिव रामबहादुर थापा ‘बादल’ नेतृत्वमा अधिकांस पदाधिकारी र केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा भएपनि अध्यक्ष बैद्य अल्पमतमा परेका थिए ।

पार्टी एकताको बिषयलाई केही समय पछि धकेल्नका लागि बैद्यले अन्तिम वार्ता गर्नुपर्ने भन्दै बिगत दुई महिनादेखि बादलसहितका अधिकांस केन्द्रीय सदस्यलाई भुल्याएका थिए ।

बैद्यको आग्रहलाई बादल पक्षधर अधिकांस नेताहरुले दुई महिनासम्म पर्खिएपनि अध्यक्ष बैद्य उपाध्यक्ष सीपी गजुरेलको सल्लाह बमोजिम कुनैं पनि हालतमा एकता नगर्ने पक्षमा उभिएका छन् । अन्तिम बार्ता १५ गते गर्ने भनिएपनि अन्तिम तर, निर्णायक वार्तामा बैद्य अनुपस्थित भएपछि बैद्य माओवादी फुट्ने निश्चित भएको हो ।

२०६९ साल असारमा औपचारिक रुपमा बैद्य नेतृत्वमा करिब आधा केन्द्रीय सदस्यहरुले एमाओवादी परित्याग गरेका थिए । संविधानसभाको दोस्रो निर्वाचन २०७० मा एमाओवादीले सक्रियतापूर्बक भाग लिएको थियो भने बैद्य नेतृत्वको माओवादीले प्रतिकार र बहिस्कार गरेको थियो ।

एक सय ९९ सदस्यीय बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका एक सय ६० जना भने बादलको पक्षमा देखिएका छन् । बादल पक्षधर पदाधिकरी र केन्द्रीय सदस्यहरु बिनासर्त एमाओवादीसँग पार्टी एकता गर्ने पक्षमा छन् ।

महासचिव बादलसहित सचिब देब गुरुङ, प्रवक्ता पम्फा भूषाल, जयपुरी घर्ती मगर, कुलबहादुर केसी (सोनाम), रामदीप आचार्य लगायतका प्रभावशाली नेताहरु पनि पार्टी एकताको पक्षमा छन् ।

तर अध्यक्ष बैद्य, उपाध्यक्ष सीपी गजुरेल, केन्द्रीय सदस्यहरु हरिभक्त कडेल, परी थापा लगायतका ३९ जना भने तत्काल एकता नगर्ने पक्षमा छन् ।

उनीहरु राजनीतिक कार्यदिशाको बिषयलाई लिएर छलफल हुनुपर्ने पक्षमा छन् । पार्टी एकता गर्दा सीपी गजुरेलले हाल पाएको उपाध्यक्ष त के महासचिव पाउने सम्मको सम्भावना छैन् । परी थापा नेकपा एकिकृतबाट माओवादीमा प्रवेस गरेका हुन् ।