१ कार्तिक २०८३, आइतबार

नेपालीहरु कहिलेसम्म भारतीय प्रहरीको दास हुने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Police-Kailali

– कृष्ण महरा

दुई देशबीच अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न यति धेरै सन्धी सम्झौता हुँदाहुँदै पनि भारतीय प्रहरी कानूनको सत्य मार्गबाट प्रवेश नगरी हतियारसहित नेपालमा प्रवेश गर्नु एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकका लागी दुर्भाग्य हो । अझ नेपाल सरकारबाट कुनै प्रतिक्रिया नजनाइनु विश्वमानचित्रबाट नेपाली सार्वभौमसत्ता विदेशी हस्तक्षेपमा विलय हुनु हो । सार्वभौम मुलुकका जनताले सरकारको यस्तो रवैयाको जतिसुकै भत्र्सना गरेपनि कम हुन्छ । सार्वभौम नेपाललाई नाकाबन्दी लगाएर सयुक्त राष्ट्रसंघको वडापत्रको धारा २ उलंघन गरेको भारतले भारत-नेपाल सपुर्दगी सन्धी विपरीत हतियारसहितका प्रहरी नेपाल पठाएर इमान्दारीसाथ सन्धी पालना गर्नुपर्ने सन्धीसम्बन्धी भियना महासन्धी (भियना कन्भेन्सन अन ल अफ ट्रिट्रीज)’ को धारा २६ को गम्भिर उल्लंघन गरेको छ ।