८ कार्तिक २०८३, आइतबार

किन गए महरा सुटुक्क दिल्ली ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-mahara

काठमाडौं, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग रिस उठ्नासाथ ‘यो त भारतीय योजनामा आएको हो नि’ भन्नेहरुको कमी छैन् ।

कार्कीलाई प्रमुख आयुक्त बनाउन मरिहत्ते गरेर लाग्ने माओवादी नेताहरु नै आफूमाथि आइलाग्छ कि भन्नासाथ त्यसो भन्न बाँकी राख्दैनन् ।

तर, तपाईँलाई सुन्दा अचम्म लाग्ला, एमाओवादीका एक वरिष्ठ नेताचाहिँ अख्तियारबाट बचाइदिनुपर्यो भन्दै दिल्लीका ढोका चहारेर फर्किएका छन् ।

अख्तियार प्रमुख कार्कीले भन्ने गरेका ठूला माछामध्येका एक एमाओवादी महासचिव कृष्णबहादुर महराले दिल्ली पुगेर साउथ ब्लकदेखि एजेन्सीका मान्छेसम्मलाई आफ्नो बचाव गरिदिन आग्रह गरेको स्रोतले बतायो ।

गत बैशाख ८ गते बिहान साढे ११ बजे जेट एयरको विमानबाट दिल्ली पुगेका महराले आयोगमा रहेको आफ्नो मुद्दामा विशेष केन्द्रित भएर सरकार बदल्ने सम्भावनाबारे समेत छलफल गरेको खवर बालुवाटारमा आइपुगेको छ । बुधबार साप्ताहिकमा समाचार छ ।