८ कार्तिक २०८३, आइतबार

दिल्लीले भाउ नदिएपछि देउवा निराश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-sher

काठमाडौं, १५ वैशाख । उपचारको बहानामा भारत जाने र राजनीतिक भेटघाटमार्फत सत्ता परिवर्तनका निम्ति कसरत गर्ने चलन नेपाली राजनीतिमा नयाँ होइन ।

नेपाली कांग्रेसको महाधिवेशनपछि सत्ता परिवर्तन हुन्छ भन्ने विश्लेषणले बजार नसेलाएकै अवस्थामा श्रीमतिकै उपचारका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमण जानुलाई संयोग मात्र मान्नेको संख्या न्यून छ ।

यसको अर्थ देउवा पत्नी बिमारी नै थिइनन् भन्ने होइन । उनी विमारी थिइन् र उनको बिमार सामान्य प्रकृतिको मात्र थिएन । हिपको हड्डी नै खुस्किएकाले त्यसको शल्यक्रिया गर्नुपर्ने थियो । तर, यो उपचारका नाममा भएको भ्रमणलाई देउवाले निश्चय नै एक पन्थ दुई काजका रुपमा प्रयोग गर्ने भरमग्दुर प्रयास गरेका थिए ।

अर्थात, उनी श्रीमतीको उपचार पनि गर्ने र राजनीतिक भेटघाटमार्फत नेपालको सत्ता परिवर्तन र अझ सोझो अर्थमा भन्दा आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि नयाँ खेलको आरम्भ गर्ने दाउमा थिए ।

तर, उनको यो चाहनामा तुषारापात लागेको छ । दिल्लीमा कसैले पनि भाउ नदिएपछि उनी निराश भएर बिहीबार स्वदेश फर्कदैछन् । बुधबार साप्ताहिकमा समाचार छ ।