९ कार्तिक २०८३, सोमबार

मन्त्री रुवाउँदै अर्धाङ्गिनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Haribol Gajurelकाठमाडौं, १५ वैशाख । जीवनभर लगाइएको आमूल परिवर्तनको नारालाई चटक्क भुलेर नयाँशक्तिका नेता बनेका बाबुराम भट्टराई यसपालिको फागुनमा सुन्दरी नायिका करिश्मा मानन्धरको हातबा टीका लगाइमाग्न उनकै नवास पुगे । यो राजनीति थियो कि भावपूर्ण सम्बन्ध– भविष्यले खुलासा गर्ने नै छ । जनआस्था साप्ताहिकले समचार छापेको छ ।

यता, दुई वर्षअघि आफ्नै आमाको देहावसान हुँदा यो सामान्य संसारिक प्रक्रिया हो भन्दै आँसु पनि नझारेका कृषिमन्त्री हरिबोल गजुरेल चलचित्रमा गाई मरेको नक्कली दृश्य देखेर डाको छाड्नुको कारणचाहिँ के होला ? सिन्धुलीमा एमाओवादी पार्टी अध्यक्षले भने हरिबोलले दुवै हातले मुख छापेर क्यामेरासामु ह्वाँह्वाँ रुनुको कारण पार्टी कार्यालयमै छरपस्ट पारिदिएका छन् ।

एमाओवादीका जिल्ला अध्यक्ष राजन दाहालले मन्त्री रुनुको भित्री रहस्य दर्जन कार्यकर्तासामु खोल्दै भने यसका पाँच कारण छन् ।

सावित्री पाण्डे (मन्त्राणी) पहिलो कारण हो । उनले यसको पुष्टि गर्दैै सुनाए– मन्त्री भनेर कार्यकर्ता भेट्न जान्छन् तर उनलाई पटक्कै मन पर्दैन । चियासिया खुवाउनु त परको कुरा सञ्चो–विसञ्चोसमेत सोध्दिनन् ।

मन्त्राणीले झर्कोपर्को गरेपछि कार्यकर्ताले कसरी मन्त्रीलाई आफ्नो सम्झनु ? अर्को कारण सचिवालय हो । सहयोगीहरू दशतिर फर्किएका छन् । सबैले आ–आफ्नै स्वार्थका लागि मन्त्रीलाई दिक्क बनाउने गरेका छन् ।

निजी सचिव रमेश गुरागाइँको सम्बन्ध कुकुर–बिरालोको जस्तो छ । यी दुईको खेलमा परेर मन्त्री आफ्नै जिल्लाका रामकुमार पौडेललाई कृषि सामाग्री संस्थानको अध्यक्ष बनाएनन् ।

किसान संघका केन्द्रीय सचिव रामकुमारको नाम नगेन्द्रले सिफारिस गरेका थिए । यो थाहापाउनासाथ रमेश हातपात फालेर लागे ।