
काठमाडौं, १५ वैशाख । एउटा अविवाहित नेपाली युवक युरोपेली मुलुकमा अपहरित भयो । उसलाई बन्धक बनाउनेहरूले नेपाल बस्ने भाइ चन्द्रलाई १५ दिनसम्म लगातार फोनमा धम्की दिइरहे, १५ हजार युरो छिटो बुझा, नत्र खैरियत छैन भन्दै । यो सिलसिला मार्च ३० देखि सुरु भएको जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
संखुवासभा घर भई एउटा जलविद्युत परियोजनामा कार्यरत चन्द्रले चैत १७ देखि विदेशी नम्बरबाट भाइलाई छुटाउन मन भए १५ हजार युरो यथाशीघ्र बुझाउने उर्दी सुन्न थालेका हुन् ।
अपहरणकारीहरू टुटेफुटेको हिन्दी लवजमा पैसा दिइहाल्छस् कि भाइलाई मारिदिँउ भन्दै थर्काउँथे ।
यसबीच, अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलले अप्रिल १३ तारिखका दिन अपहरणकारीलाई पेस्तोल र छुरासहित गिरफ्तार ग-यो । ग्रिसको स्थानीय प्रहरीले फिरौती बुझाउने बहानामा फोनमार्फत कुरा गरेर लोकेशन ट्रेशआउट गरी अपराधी पक्रिएको हो ।
अपराधी समातिए, राम्रै भयो । तर, आज यत्तिका दिन वितिसक्दा पनि भाइ अर्थात, कुष्ण गुरुङको अत्तोपत्तो छैन । उनले चलाउने फेसबुक, भाइबर, फोन केहीमा सम्पर्क हुन सक्दैन ।
न श्वास, न लाश भनेजस्तो भएको छ । भाइ छुटेको कुरा चन्द्र गुरुङले पत्याउनु पनि कसरी ? एक बचन फोनमा सुन्न पाइएको होइन । स्वदेश फर्काइदिनु न त भन्दा पनि उताको प्रशासनबाट कुनै जवाफ आउँदैन ।
यो कथा कृष्ण गुरुङको हो, जो पाँच वर्षदेखि ग्रीसमा रहँदै आएका छन् । उमेर २४ वर्ष । कुनै एउटा रेष्टुरेन्टको बारम्यान थिए ।
पाकिस्तानी र बंगलादेशी मूलका तीन–चारजना अपराधीले मिलेर अपहरण गरेको आशंका छ । तर, समस्या के भने, उनको स्थितिबारे नेपालमा कोही–कसैलाई सोही सूचना छैन ।















प्रतिक्रिया