सिन्धुली, १५ वैशाख । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको आँगनमा टाँगिएको पालभित्र गर्मीले उकुसमुकुस भएकी सुन्तली श्रेष्ठ नबजात शिशुलाई हम्कदै थिइन् । खाटमा सुत्न नसकेर भुइँमा पल्टिएकी थिइन् । त्यहाँ खाटभन्दा कम राप आएको उनीले बताइन् ।
युनिसेफको सहयोगमा वर्षदिनअघि बनाइएको पालमा सुत्केरी र नवजात शिशुलाई राख्ने गरिएको छ । गर्मीमा बस्नै नसक्ने उकुसमुकुस हुन्छ । दिउँसो मन्थलीको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।
स्वास्थ्यर्मी चिनीमाय बलका अनुसार अन्यत्र ठाउँ नभएकाले सुत्थ्केरी र बच्चालाई पालमा राख्नु परेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
जिल्ला अस्पतालको अवस्था पनि त्यस्तै छ । भूकम्पले भवनमा क्षति पुगाएकाले विरामीलाई पालमा राख्नु परेको छ ।
जाडोमा अत्याधिक चिसो र गर्मीमा तातोले बस्नै नसक्ने अवस्था रहेको विरामीको गुनासो छ ।
दाताको सहयोगमा अस्पतालका अस्थायी भवन निर्माण भइरहेको छ ।
जिल्ला स्वास्थ्य प्रमुख डा प्रकाशप्रशाद साहका अनुसार केही दिनभित्रै नयाँ भवनबाट अस्पताल सञ्चालन हुने आशा छ ।















प्रतिक्रिया