१ कार्तिक २०८३, आइतबार

दरबारमार्गमा खुल्यो पेट्स्को अत्याधुनिक शो-रुम, कुकुर-विरालो पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kukur-Pasal-Darbarmurg (1)

काठमाडौं, १४ वैशाख । राजधानीको दरबार मार्गमा पहिलोपटक पेट्स्को कारोबार सुरु भएको छ ।

महानगर एनिमल रिसर्च सेन्टर अन्तर्गत महानगर ग्रुपअफ कम्पनीले स्थापना गरेको महानगर पेट भिल्लाको सोमबार सूचना आयोगका प्रमुख आयुक्त तथा पूर्व सचिव कृष्णहरि बास्कोटाले उद्घाटन गरे ।

राजधानीको सौखिन व्यावसायिक केन्द्र दरबार मार्गमा सबैजसो ब्रान्डेड सामानहरुको शो–रुम रहेपनि हालसम्म पेटस्को शो–रुम थिएन । अब पेटस् सौखिनहरुले भनेजस्तो कुकुर बिरालो र उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामान दरबार मार्गमा खरिद गर्न पाउने सुविधा थपिएकोमा प्रमुख आयुक्त बास्कोटाले खुसी ब्यक्त गरे ।

कुकुर विरालोका सौखिनहरु बढिरहेका बेला दरबारमार्गमा पेटस् शो–रुम सञ्चालनमा आएको हो । १५ वर्षदेखि कुकुर बिरालो तथा उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्रीको कारोबार गरिरहेको रिसर्च सेन्टर अन्तर्गतको महानगर ग्रुप अफ कम्पनीले दरबारमार्गमा महानगर पेट भिल्ला विस्तार गरेको ग्रपका अध्यक्ष सुरेश कार्कीले बताए ।

Kukur-Pasal-Darbarmurg (4)

यसअघि कम्पनीले काठमाडांैको पानीपोखरी र ललितपुरको झम्सिखेलमा पेट सम्बन्धी सम्पूर्ण कारोबार गर्दै आएको छ । केही समयमै उपत्यकाका अन्य स्थान लगायत उपत्यका बाहिर सेवा विस्तार गर्ने योजना रहेको कम्पनीका अध्यक्ष कार्कीले उद्घाटन समारोहमा जानकारी दिए ।

दरबारमार्गमा प्राय : सौखिनहरुको चहलपहल हुने स्थान भएकाले अन्य सुविधा उपलब्ध भए पनि कुकुर बिरालोको जात, नश्ल तथा उनीहरुलाई आवश्यक पर्ने सामाग्रीको उपलब्धता नभएकाले त्यही अभाव पूर्तिका लागि गुणस्तरीय वातारणमा पेट्स पाल्न सहजीकरण गर्न शाखा खोलिएको महानगर पेट भिल्लाका प्रबन्ध निर्देशक जगन्नाथ ढकालले बताए ।

Kukur-Pasal-Darbarmurg (3)

कुकुर पारखीहरु बढ्दै गए पनि पिडिग्री सर्टिफाइड (pedigree certified) कुकुर पाउन कठिन छ । कम्पनीले अमेरिका, बेलायत, रसिया, सर्भिया, हंग्री थाइल्याण्ड लगायत देशबाट पिडिग्री एवं च्याप्पियन लाइन (champion line) का कुकुरहरु आयात गरि बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले ग्राहकको आवश्यकता परिपूर्ति गर्नका लागि उच्च गुणस्तरका कुकुर पहिलोपटक नेपालमै काठमाण्डौको हात्तीगौडामा फर्म स्थापना गरेर आपूर्ति र निर्यात गर्दै आएको अध्यक्ष कार्कीले बताए ।

Kukur-Pasal-Darbarmurg (2)

राजधानीमा मात्रै करिब ४ लाख कुकुर घरेलु रुपमा पालिँदै आएका छन् । कुकुर र बिरालो घर पालुवा जनावर भएपनि सरकारले अहिलेसम्म पशु क्षेत्रमा समेटेको छैन । व्यवसायिक रुपमा पनि यसको आकर्षण वढिरहेका वेला सरकारले कुकुर व्यवसायलाई पशुपालनको मान्यता दिई व्यवसायीक रुपमा उच्च नश्लका कुकुर बिरालो उत्पादन एवं निर्यात गरि विदेशी मुद्रा भित्र्याउन सकिने प्रबन्ध निर्देशक ढकालले बताए ।