३० आश्विन २०८३, शुक्रबार

सिटिसी मलमा द वर्ल्ड भिजन मोबाइल, एक बर्षपछि पुन: संचालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The World Vision Mobile File Pic (2)

काठमाडौं, १४ वैशाख । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले सुन्धारास्थित सिटिसि मलमा एक बर्ष पछि आफ्नो मल्टिब्राण्ड सोरुम द वर्ल्डभिजन मोबाइल प्रालिबाट कारोबार सुरु गरेको छ ।

गतबर्ष गएको बिनाशकारी भूकम्पपछि बन्द रहेको सिटिसी मलमा पुनमर्मत पछि द वल्र्डभिजन मोबाइलले आफ्नो मल्टिब्राण्ड सोरुम बाट आकर्षक छुट सहित कारोबार सुरु गरेको हो । मंगलबार बाट कारोबार शुरु गरिएको जानकारी दिदै कारोबार शुरु भएको अबसरमा ग्राहकहरुलाई स्टक क्लियरेन्समा रहेका बिभिन्न मोबाइल कम्पनीका सेटहरुमा ३५ प्रतिशत सम्म छुट तथा छुट अफर सँगै हरेक मोबाइलको खरिदमा स्ट्रिकर कभर पनि फ्रि मा उपलब्ध गराउने द वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए ।

Prachanda File Pic Last Year

द वल्र्डभिजन मोबाइल प्रालिको सोरुममा ९ सय ९९ रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म मुल्यपर्ने मोबाइल राखिएको छ । बिभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबलबाट सुबिधा प्रदान गरिने, मोबाइलबारे जानकारी दिन सम्बन्धित मोबाइलबारे जानकार सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था पनि मिलाइएको छ ।

The World Vision Mobile File Pic (1)

अघिल्लो बर्ष मोबाइल मेलाको अबसर पार्दै कारोबार संचालन गरेको द वल्र्ड भिजन मोबाइल प्रालिले आफ्ना ग्राहकहरुलाई एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिस र बजार उपलब्ध सबै किसिमका एशोसरिज एकै ठाउँबाट पाइने ब्यबस्था मिलाएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

‘गेटिङ बिगर’ मुल लक्ष्य लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइनमार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको छ । यस्तै मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको छ ।

१ घण्टामै मोबाइल मर्मतबाट ख्याती कमाएको सिटिभी मोबाइलले यो सुबिधा ताम्रकार कम्प्लेक्स स्थित सिटि टप भिजन र सिटिभी केयर, दरबारमार्गस्थित मर्कनटायल प्लाजामा रहेको द एप्पल वल्र्ड, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्समा समेत रहेको जनाएको छ ।