– शम्भू माली
कपिलवस्तु, १२ वैशाख । कपिलवस्तुको जहदी गाबिस– ७ रेहरामा गत बैशाख २ गते भीषण आगलागी भएको ठाँउमा आगलागी पीडितलाई शनिवार राहत सामग्री बितरण गरिएको छ ।
अलशेख फाउण्डेशन एण्ड हयुमन वेलफेयर एशोसिएशनका अध्यक्ष तथा नन्दनगर गाबिसका समाजसेवी अजिजुर रहमान शेखले व्यक्तिगत रुपमा खाद्यान्न सामग्री राहत वितरण गरेका हुन् ।
घरमा भएको सबथोक गुमाएर भोकभोकै खुल्ला आकाशमुनि बस्न बाध्य घरपरिवार अग्नीपीडितलाई २० किलोग्राम चामल, ५ किलोग्राम पिठो, २ किलोग्राम दाल, २ लिटर तोरीको तेल र १ किलोग्राम नून राहत स्वरुप वितरण गरेका हुन् । आगलागीबाट घरबार विहीन भएकाले राहत पाएपछि केही राहत महसुस गरेका छन् ।
‘के पाउँ, के खाउँ र के लाउँ’ भन्ने बेलामा पाएको राहतले आफूहरुमा विश्वास जागेको आगलागी पीडितले बताए ।
जिल्लामा जहिले पनि दैवी प्रकोप परेको बेलामा सहयोगका लागी सदैव तत्पर रहने अध्यक्ष शेखले कपिलबस्तुमा धेरै आगलागी भईरहँदा नेपाल सरकारले यस जिल्लामा आगलागी नियन्त्रण का लागी जनचेतना मुलक कार्यक्रम चलाउने आग्रह समेत गरेका छन् ।
















प्रतिक्रिया