२५ कार्तिक २०८३, बुधबार

इलाममा श्रीमती जिस्काएको भन्दै राईको खुकुरी प्रहार गरी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khukuri-murder-1इलाम, १४ बैशाख । इलाममा अर्काकी श्रीमती जिस्काउने एक जना पुरुषको हत्या भएको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा जमुना–१ इङला बस्ने २८ बर्षीय खेम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले सोमबार पाँचथर लुङरुपा–४ घर भई जमुनामा काम गरी बस्ने ३९ बर्षीय रण बहादुर राईलाई आफ्नी श्रीमतीलाई जिस्काएको भन्दै धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।