– कृष्ण ओझा
पाँचथर, १४ वैशाख । पाँचथर आइपूगेकी एमाले नेतृ तथा पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले कृर्षहरुलाई उत्पादनमूखी बन्न आग्रह गरेकी छन् ।
पशुपंक्षी पालन गरेर आम्दानी लिन सकिने भन्दै यस्ता उत्दानमूखी तथा आर्थिक अधिकारकारमा आयमूलक काममा लाग्न आग्रह गरेकी हुन् ।
पाँचथर जिल्ला पशु सेवा कार्यालय फिदिमको भवन सोमबार शिलान्यास पछि बोल्दै मन्त्री मानवीले पशुपालन व्यवसाय गरे किसानको आर्थिक अवस्था उक्सिने र मुलुक समृद्ध हुने बताइन् ।
उनले अव हरेक किसान व्यवसायिक बन्नु पर्ने धारणा राखिन् । नश्ल सुधार गरी उन्नत जातको पशुपालनतर्फ ध्यान दिन किसानलाई सुझाव दिएकी छन् ।
यसका लागि पशुपालक किसानलाई प्राविधिक सेवा दिन जहिले पनि तत्पर रहन जिल्ला पशु सेवा कार्यालयका प्रमुख सहित कर्मचारीहरुलाई निर्देशन दिइन् ।
मानवीले मुलुकभरका पशु सेवा कार्यालयको समस्याको समाधानमा लागि पर्ने दावी गर्दै एक वषर्मा अण्डा,दुई वर्षमा मासु र तीन वर्षमा दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
जिल्ला पशूकार्यालयमा भएको कार्यक्रममा डाः मोगलप्रसाद यादवले काम र कार्ययोजना साथै प्रगती बिवरण मन्त्री समक्ष प्रस्तूत गरेका थिए ।
कार्यक्रममा उद्धमी कृर्षहरलाइ प्रतसाहनका लागी नयाँ , ब्यवसाय बाट बाँच्नेआधारका योजना आवस्यकतारहेको प्रजिअ पूररुस्वत्तम घिमीरेले आग्रह गरेका थिए ।
सरकारी कामकार्वाहि सम्बन्धमा जिल्लाको कार्यालय संचालन गर्दा, गाउँस्तरका उपकेन्द्रहरुमा र सरकारी कामको सम्मोनय गरी जनमूखी प्रशासनको रुपमा काम गरेको मन्त्री समक्ष प्रस्तुति रहेको प्रजिअ घिमिरेले बताए ।
















प्रतिक्रिया