८ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरीमा राई र तामाङको लडाइँ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apf-Rai-Tamangकाठमाडौं । भ्रष्टाचारको दलदलबाट प्रहरी उठ्दै गरेको सशस्त्र प्रहरी बलमा फेरि खुट्टा तान्ने रोग देखिएको छ ।

एआईजी कृष्णकुमार तामाङले करोडौं पैसाको प्रस्ताव राख्दै माओवादी नेताहरुको घर धाउन थालेपछि सशस्त्रमा यतिबेला हंगामा मच्चिएको छ ।

तीन महिनादेखि सशस्त्रमा कायममुकायम महानिरीक्षकको जिम्मेवारी सम्हाल्दै आएका दुर्जकुमार राईलाई कन्फर्म आईजीपी हुन नदिन आफू आईजीपी बन्ने खेलमा तामाङ लागेका हुन् ।

तर, पैसा नबिकेपछि उनी निराश भएका छन् । भ्रष्टाचार मुद्दामा आईजीपी कोषराज वन्त निलम्बनमा परेपछि राईलाई सरकारले कायममुकायम आईजीपी बनाएको थियो ।

वन्तको पदावधि गत २८ चैतबाट सकिएपछि आईजीपीको पदमा रिक्त भएका हुन् । तर, रिक्त भएको दुई सातासम्म पनि राईको बढुवा नभएपछि सशस्त्रमा अन्यौलता उत्पन्न भएको छ । दृष्टि साप्ताहिकमा खबर छ ।