२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनले कसरी आन्दोलन गर्ला ? गठबन्धनभित्र नाम मात्रैका दल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-madeshi-1काठमाडौं, १४ वैशाख । संविधानप्रति असहमति जनाउँदै पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ ।

संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठक वैशाख १५ गते सबै जिल्ला प्रशानमा बुझाउनका लागि एउटै भाषाको ज्ञापनपत्र तयार पारेको छ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार २६ बुँदे अबधारणालाई नै प्रमुख जिल्ला अधिकारीहरूमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइनेछ ।

त्यसैगरी संघीय गठबन्धनले विभिन्न जिल्लाहरूमा गर्ने भनिएको आमसभाकाका विषयमा भने छिट्टै जिम्मेवारी तोक्ने जनाएको छ । स्रोतका अनुसार वैशाख १५ गतेको ज्ञापनपत्र बुझाउने कार्यक्रम कति जिल्लामा प्रभकारी हुन्छ भनेर गठबन्धनले नियालेको छ ।

त्यसपछि मात्रै आमसभाको जिम्मेवारी कुन कुन–दलहरूलाई दिने बल्ल निर्णय गर्ने एक नेताले बताए । संघीय गठबन्धनमा २७ दल आबद्ध रहे पनि सात वटा दलबाहेक अन्य दलहरूको कुनै हैसियत नै छैनन् । गठबन्धनमा एनजिओ र आइएनजिओको सहभागिता रहेको एक नेताले बताए ।

‘एनजिओ र आइएनजिओलाई गठबन्धनमा राखेर आन्दोलन हुन्छ र ?’, संघीय गठबन्धनका अर्का नेताले भने, ‘नाममा २७ दल छन् । तर त्यसमा मुस्किलले सात वटा दलले मात्रै आफ्नो अस्तित्व देखाउन सक्छन् । अरु सबै नामका मात्रै हुन् ।’

संघीय गठबन्धनको नेता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बन्न खोजेको आरोप पनि छ । सोही कारण गठबन्धनले राम्रोसँग काम गर्न नसकेको बताइन्छ ।