२५ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषदको बैठक बस्दै, संसद बोलाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, १४ वैशाख । मुलुकको पछिल्लो अवस्था, मन्त्रालयका नियमित एजेन्डा र संसद बैठक आह्वानका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने बैठकमा संसद आह्वानका विषयमा निर्णय हुन सक्ने स्रोतले जनाएको छ । संसदको बैठक वैशाख २१ गते अपरान्ह ४ बजे बोलाउने तयारी संसद सचिवालयले गरेको छ ।

संसद बैठक बोलाउन आह्वान गर्न आग्रह गर्दै संसद सचिवालयले सोमबार राष्ट्रपति कार्यालयलाई पत्र पठाएको थियो । संसद सचिवालयबाट पत्र पुगेपछि सरकारले सो विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल गर्नेछ ।

मन्त्रिपरिषद बैठक भूकम्प पुनःनिर्माणका विषयमा पनि छलफल हुने बुझिएको छ । राष्ट्रिय भूकम्प प्राधिकरणले काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ ।