काठमाडौं, १३ वैशाख । आन्तरिक विवादमा परेको नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले निलम्बन गरिदिएको छ ।
सोमबार यूएईमा बसेको आईसीसीको बोर्ड बैठकले सरकारी हस्तक्षेप र राजनीतिक हस्तक्षेपका कारण क्यानको आधिकारिता विवाद अदालतमा रहेको र नेपाली क्रिकेटमा नेतृत्व बिहिनताको अवस्था आएको भन्दै क्यानलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
आफ्नो विधानको धारा २.९ अनुरुप क्यानलाई निलम्बन गरेको छ । निलम्बनमा परेसँगै आईसीसीबाट पाउने सहयोग, अनुदान र सुविधाहरु अब क्यानले पाउनेछैन् ।
तर, नेपाली क्रिकेट टोलीले आइसीसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न पाउनेछ । यसअघि आईसीसीले क्यानको आधिकारिता टुंगो लगाउन नेपाललाई ताकेता गरेको थियो ।
यस्तो छ आईसीसीको निर्णयः














प्रतिक्रिया