२५ कार्तिक २०८३, बुधबार

कोरियाले कड्किँदै सोध्यो, ‘भूकम्पपीडितलाई दिएको सहयोग कहाँ खर्च भयो ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari Gharti Koriyanकाठमाडौं, १३ वैशाख । सभामुख ओनसरी घर्ती र रिपव्लिक अफ कोरियाको संसद, नेशनल एसेमब्लीका सभामुख छङ उई ह्वाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

व्यवस्थापिका संसद भवनको शंकर हलमा सोमबार बिहान १० बजे दुई देशका सभामुखबीच भेटवार्ता भएको होे । भेटमा सभामुख घर्ती, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा, प्रवक्ता डा.भरत गौतमको सहभागिता थियो । कोरियाली सभामुखको नेतृत्वमा रहेको टोलीमा २१ सदस्य सहभागी थिए ।

दुई देशबीचको सम्बन्ध, संसद—ससदको सम्बन्ध सुदृढ र बिस्तार गर्न दुवै देशका सभामुख सहमत हुनुभएको छ । यसकार्यमा सहयोग पुगाउन दुवै देशका सांसदहरु सम्मिलित समन्वय समिति बनाउने विषयमा दुई सभामुखबीच छलफल भएको थियो ।

नियमित सहयोगका अलवा भूकम्पमा परेकाहरुको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निमार्णका लागि कोरिया सरकारले गरेको सहयोगको सराहना गर्दै सभामुख घर्तीले आगामी दिनमा कोरिया सरकारले सहयोगको दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ संविधान बनेसँगै नेपाल अव आर्थिक विकासका लागि तयार भएको जानकारी गराउँदै सभामुख घर्तीले कोरिया सरकार र त्यहाका व्यवसायीका लागि नेपालमा लगानैमैत्री वातावरण बनाउन आवश्यकपर्ने कानुनी बाधा फुकाउन आफूले पहल गर्ने बताउनु भयो ।

कोरियाका सभामुखले नेपालमा सहयोग बढाउन र लगानीका लागि प्रोत्साहित गर्न समेत आफू कोरिया फर्किएपछि थप पहल गर्ने बिश्वास दिलाउनु भयो ।

नेपालमा लगानिको वातावरण बनेको बताउदै कोरियाली लगानीकर्ताका लागि नेपाल आउँदा आइपर्ने ईमिग्रेशनको समस्या, परियोजनाहरुमा झेल्नुपरेका समस्या समाधान हुने वातावरण बनाइदिन कोरियाली सभामुखले आग्रह गर्नुभएको थियो । कोरियाली सभामुखले नेपालका सभामुख घर्तीलाई कोरिया भ्रमणको निम्ता समेत दिनुभएको छ ।