१७ कार्तिक २०८३, मंगलबार

‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान, केसीलाई हिरो अवार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gunraj-Pyakural (2)

काठमाडौं, १३ वैशाख । भारतको लखनउमा अप्रिल २१ देखि २४ सम्म आयोजना भएको युथ फर ह्युमन राइट्सको चौथो दक्षिण एशिया सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । युथ फर ह्युमन राइट्स इन्टरनेशनलको आयोजनामा उक्त समारोह सम्पन्न भएको हो ।

नेपाल, भारत, अफगानिस्थान लगायतका ५० भन्दा बढी युवाहरुले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए ।

सो सम्मेलनमा युथ फर ह्युमन राइट्सका नेपाल संयोजक गुणराज प्याकुरेलको नेपालको प्रतिनिधित्व गरेका थिए । समारोहमा राहुल केसी, रोशनी गौतम, प्रविण गिरी लगायत १२ जना भाग लिन युवा मानव अधिकारकर्मीहरु लखनउ पुगेका थिए ।

Gunraj-Pyakural (1)

सोही सम्मेलनमा नेपालका संयोजक प्याकुरेललाई नेपालमा गएको भूकम्पको राहतमा युवा परिचालन गरी उल्लेखनीय भुमिका निभाएको साथै भारतको चेन्नईमा गत वर्ष आएको बाढीको कारण घरवारविहिन जनतालाई राहत पुर्याई योगदान गरी संस्थाको प्रचार प्रसारमा महत्वपूर्ण कार्य गरे वापत ‘एक्सलेन्ट इन सर्भिस’ अवार्डद्धारा सम्मानित गरिएको थियो ।

प्याकुरेलले २०१३ र २०१५ गरी दुई पटक हिरो अवार्ड प्राप्त गरिसकेका छन् ।

Gunraj-pyakural

त्यसैगरी नेपालका राहुल केसीले मानव अधिकार दिवस डिसेम्बर १० का दिन युवाहरुमा मानव अधिकारको बारेमा प्रचार प्रसार गरी वृहत् र्याली आयोजना गरे वापत हिरो अवार्डबाट सम्मानित भए ।

युथ फर ह्युमन राइट्स् एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । युवाहरुमा मानव अधिकार सम्बन्धि विविध चेतनामूलक कार्यक्रम गर्दै मानव सेवामा समर्पित यो संस्था नेपालको विभिन्न क्षेत्रमा कार्यरत छ ।