– भोबिन्द्र शाह
बाजुरा, १३ वैशाख । सुदूरपश्चिमको विकट जिल्ला बाजुरामा २८ जना एचआईभी संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको कुल एचआइभी संक्रमित ८७ जना मध्ये २८ जनाले ज्यान गुमाएको एचआईभी एड्स रोकथामका लागि काम गर्ने बाजुरा प्लस नामक गैर सरकारी संस्थाले तथ्यांक सार्वजनिक गरेको हो ।
जिल्लामा हाल सम्म सबैभन्दा बढी महिला संक्रमितको संङख्या ४५ जना, ३३ जना पुरुष र ९ जना बालबालिका संक्रमित रहेको पाएको छ । जिल्लामा हाल सम्म टाटे र जिल्ला सदरमुकाम मार्तडी गरी दुईवटा भिसिटी केन्द्र मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख रामचन्द्र यादवले बताए । यस्तै जिल्लाको पूर्वाेत्तरी क्षेत्रका ११ गाविसलाई लक्षित गर्दे एकवटा भिसीटी केन्द्र थप्ने योजना समेत रहेको यादवले जानकारी दिए ।
एचआइभी संक्रमितहरुहरुले जिल्लामा एआरटी सेवा बाहेक अन्य सेवा नपाएको एचआइभी संक्रमितहरुले गुनासो गरेका छन् । संक्रमितहरुलाई अझै पनि लाल्छना र भेदभाव रहँदै आएको, सिडिफोर काउन्ट सेवाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बाजुरा प्लसका कार्यक्र संयमेजक अमर महरले जानकारी दिए । उनका अनुसार बाजुरामा एआरटी सेवा लिन १४ जना बांकी रहेका छन् ।
जिल्लामा एचआइभी संक्रमितहरुलाई कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले भने जस्तो सेवा दिन नसकेको र जिल्ला बिकास समितिमा रहेको संक्रमितका लागि रहेको आकस्मिक राहत कोष समेत कर्मचारी सरुवाका कारण आपूुहरुले नपाएको संक्रमितहरुले गुनासो गरेका छन् ।













प्रतिक्रिया