१७ कार्तिक २०८३, मंगलबार

कोरियाका सभामुख नेपालमा, ओनसरीलाई कोरिया भ्रमणको निम्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Korean

काठमाडौं, १३ वैशाख । सभामुख ओनसरी घर्ती र रिपव्लिक अफ कोरियाको संसद, नेशनल एसेम्व्लीका सभामुख छङ उई ह्वाबीचमा शिष्टाचार भेटवार्ता भएको छ ।

व्यवस्थापिका संसद भवनको शंकर हलमा आज (सोमबार) बिहान १० बजे दुई देशका सभामुखबीचमा भेटवार्ता भएको होे । भेटमा सम्माननीय सभामुख ओनसरी घर्ती, संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा, प्रवक्ता डा.भरत गौतमको सहभागिता थियो । कोरियाली सभामुखको नेतृत्वमा रहेको टोलीमा २१ सदस्य सहभागी थिए ।

दुई देशका बिचको सम्बन्ध, संसद—ससदबीचको सम्बन्ध सुदृढ र बिस्तार गर्न दुवै देशका सभामुख सहमत हुनुभयो । यस कार्यमा सहयोग पुर्याउन दुवै देशका सांसदहरु सम्मिलित समन्वय समिति बनाउने बिषयमा दुई सभामुखबीच छलफल भएको सभामुख घर्तीको सचिवालयद्धारा विज्ञप्तिमा उल्लेख छ ।

Onsari-Korean-1

नियमित सहयोगका अलवा महाभूकम्पमा परेकाहरुको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निमार्णका लागि कोरिया सरकारले गरेको सहयोगको सराहना गर्दै सभामुख ओनसरी घर्तीले आगामी दिनमा कोरिया सरकारले सहयोगको दायरा अझ फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो । नयाँ संविधान बनेसंगै नेपाल अव आर्थिक विकासका लागि तयार भएको जानकारी गराउदै सभामुख ओनसरी घर्तीले कोरिया सरकार र त्यहाका व्यवसायीका लागि नेपालमा लगानैमैत्री वातावरण बनाउन आवश्यकपर्ने कानुनी बाधा फुकाउन आफुले पहल गर्ने बताउनुभयो ।

कोरियाका सभामुखले नेपालमा सहयोग बढाउन र लगानीका लागि प्रोत्साहित गर्न समेत आपूु कोरिया फर्किएपछि थप पहल गर्ने बिश्वास दिलाउनुभयो । नेपालमा लगानीको वातावरण बनेको बताउदै कोरियाली लगानीकर्ताका लागि नेपाल आउँदा आईपर्ने ईमिग्रेशनको समस्या, परियोजनाहरुमा झेल्नुपरेका समस्या समाधान हुने वातावरण बनाईदिन कोरियाली सभामुखले आग्रह गर्नुभएको थियो ।

कोरियाली सभामुखले नेपालका सभामुख ओनसरी घर्तीलाई कोरिया भ्रमणको निम्ता समेत दिनुभएको छ ।