– झलक पाली
डोटी, १३ बैशाख । निर्वाचन आयोगको एक विशिष्ट टोली डोटीमा पुगेको छ ।
निर्वाचनमा लैङ्गिकता तथा समावेशीकरण सम्बन्धी तीन दिने कार्यशालाका लागि उक्त टोली डोटी पुगेको हो ।
उक्त कार्यशालाको निर्वाचन आयोगका प्रसाशन शाखा प्रमूख एकनारायण शर्माले सोमबार उद्घाटन गरेका छन् ।
लैङ्गिक तथा समावेशीकरण सम्वन्धी सरोकार राख्ने विभिन्न संघसँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको कार्यशालामा नयाँ अवधारणा ‘ब्रिज’ पाठ्यक्रममा केन्द्रित रहेर छलफल चलाईने निर्वाचन आयोगले जानकारी दिएको छ ।
‘लोकतन्त्र’, ‘शासकीय स्वरुप’ र ‘निर्वाचन’का लागि श्रोतहरु निर्माण (ब्रिज) पाठ्यक्रमका बारेमा कार्यशाला केन्द्रित रहने निर्वाचन आयोगका निर्वाचन शिक्षा तथा सूचना शाखा प्रमूख सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
अष्ट्रेलियन निर्वाचन आयोगले निर्वाचनका लागि अवलम्वन गरेको ‘ब्रिज’ पाठ्यक्रमलाई तल्लो तहसम्म पु¥याउन कार्यशालाको आयोजना गरिएको सहयोगि निकाय युएनडिपी÷ईएसपीका तालिम तथा क्षमता विकास विज्ञ मुकुन्दराज पाण्ड्ेयले बताए ।
नेपालको संविधान २०७२ मा लैङ्गिक समावेशीता सम्वन्धी भएका व्यस्थाहरुलाई समेत तल्लो तहसम्म सन्देश फैलाउने कार्यशालाको उद्धेश्य रहेको जनाईएको छ ।
निर्वाचन आयोगले देशभरका जिल्लाहरुमा करिब दुई वर्षदेखि ‘ब्रिज’ पाठ्यक्रममा अधारित रहेर कार्याशाला सञ्चालन गर्दै आएको र हालसम्म करिब ५० प्रतिशत जिल्लाहरुमा काम सकिएकाले आगामी दुई वर्षभित्र सम्पूर्ण जिल्लाहरुमा कार्यशाला सम्पन्न गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ । कार्यशाला बुधबारसम्म चल्नेछ ।












प्रतिक्रिया