१७ कार्तिक २०८३, मंगलबार

भूकम्पपीडितको सम्झनामा बर्दियालीले गरे रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rakta data

– सुदीप अधिकारी
बर्दिया, १२ वैशाख । भूकम्पपीडितहरुको सम्झनामा बर्दियाली जनताले रक्तदान गरेका छन् ।

रक्तदान जीवनदान भन्ने नारा सहित नेपाल रेडक्रस बाँके शाखाको सहयोगमा थारु समुदाय विकास मञ्च भुरीगाउँले भुकम्पपीडीत सम्झनामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

गत वर्षको भूकम्पमा परी घाईतेहरुलाई रगत संकलन गरी पठाउन पहिलो पटक गत वर्ष जेठ पहिलो साता रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । त्यसयता हरेक वर्ष वैशाख १२ गते रक्तदान कार्यक्रम आयोजना गर्ने कार्यको सुरुवात गरिएको थारु समुदाय विकास मञ्च भुरीगाउँका अध्यक्ष चल्टुराम थारुले बताए ।

भूकम्पपीडितहरुको सम्झनामा ४५ जनाले रक्तदान गरेका थारु समुदाय विकास मञ्चका कार्यकारी प्रमुख कृष्ण चौधरीले जानकारी दिए ।

रक्तदान गर्ने दाताहरुमा थारु समुदाय विकास मञ्च भुरीगाउँका कार्य समिती सदस्य, कर्मचारी, स्थानीय व्यापारी, शिक्षक, विद्यार्थी, पत्रकार लगाएत थिए । गत वर्ष जेठ पहिलो साता भूकम्पपीडीतहरुका लागि भन्दै संस्थाले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।