१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति देउवाको नाममा पक्राउ पूर्जी जारी गरिने ! दिल्लीमै लाग्यो झट्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba

काठमाडौं, ११ वैशाख । हाल भारतको राजधानी दिल्लीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका नाममा पक्राउ पूर्जी जारी हुनेभएको छ ।

द्वन्द्वकालिन मुद्दा व्युताएर माओवादी नेताहरु फसाउन खोजेपछि नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले देउवालाई पक्राउ पुर्जी जारी गर्ने घोषणा गरेको हो ।

शनिबार मात्रै प्रहरीले विप्लव माओवादीका दुई जना नेता केन्द्रीय सदस्य माइला लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई पक्रेको थियो ।

विप्लव माओवादीका नेता धर्मेन्द्र बास्तोलाले देउवाको नाममा पक्राउ पुर्जी जारी गर्ने बताउँदै राजधानीमा आयोजित माओवादीहरुको ध्रुवीकरण प्रश्न विषयक अन्तक्र्रिया कार्यक्रममा भने, ‘माओवादीका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको दोस्रो दिन हाम्रो जन अदालतले शेरबहादर देउवाको नाममा पक्राउपुर्जी जारी गर्नेछौं ।’

उनका अनुसार आइतबार देउवाका नाममा विप्लव माओवादीको जनअदालतले पक्राउ पूर्जी जारी गरी भौतिक कारवाही गर्ने योजना बनाएको छ । देउवा आगामी बुधबार स्वदेश फर्किदैछन् ।