काठमाडौँ, ११ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले भारतीय अघोषित नाकाबन्दीका कारण आपूर्तिमा वदमासी गर्नेलाई सरकारले कारबाही गर्ने बताउनुभएको छ ।
दोलखाली पत्रकार समाजले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले बजारमा आपूर्ति सहज भएन भन्ने कुरा आईरहेको भन्दै आपूर्तिमा बदमासी गर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
मन्त्री पोखरेलले भूकम्प, भारतीय नाकाबन्दी, तराई आन्दोलनजस्ता चूनौतीका बीच पनि सरकारले काम अघि बढाइरहेको छ भन्नुभयो ।
नेपालका पर्यटनको विकासका लागि पूर्वाधार, सुरक्षा र गुणस्तरीय सेवामा लागि सरकारले काम गरिरहेको र आगामी दिनमा यसलाई थप सुधार गर्दै लैजाने तयारी भएको जानकारी दिनुभयो ।
“सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने संसारमा सबैलाई थाहा छ, कितावमा लेखिएका कमजोरी सच्याउनुपर्छ, बुद्धको मुहान नै नेपाल हो”–उहाँले भन्नुभयो ।
आगामी जेठ ६,७ र ८ गते हुन लागेको २५६० औँ बुद्ध जयन्तीका अवसरमा हुने कार्यक्रमले पनि बुद्ध नेपालमा बुद्धत्वसहित जन्मिएका हुन भन्ने पुष्टि गर्ने बताउनुभयो ।
















प्रतिक्रिया