१ कार्तिक २०८३, शनिबार

पूर्व प्रधानसेनापति कटवाललाई प्रचण्डको कडा जवाफः मुख बन्द गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katwal-rukmanjat-1

– निशानदाजु भट्टराई
दाङ, ११ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाका पूर्व प्रमुखहरुले शान्ति प्रक्रियालाई खलबलाउने गरी अभिब्यक्ति दिइरहेको भन्दै आपत्ति जनाएका छन् ।

‘तपाइलाई र पुर्व सेना प्रमुख रुकमाङ्गद कटवाललाई जोडेर तत्कालिन समयका सेना प्रमुखहरुले आफ्नो अभिब्यक्ति सार्वजनिक गरिरहनु भएको छ, यसले देशको सुरक्षामा असर गर्दैन् भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रचण्डले यो गम्भीर विषय भएको बताए ।

क्रान्तिकारी पत्रकार संघ दाङको पत्रकार सम्मेलनमा उनले भने- ‘अहिले म त्यो विषयमा धेरै टिप्पणी गर्न चाहन्न, जसले यसरी कुरा गरेका छन्, विल्कुल गलत गरेका छन्, राष्ट्रिय सुरक्षा र गोपनियताका लागि तिनीहरुले मुख बन्द गर्नुपर्छ, नेपालको संविधान, कानुन परम्परा भन्दा बाहिर गएर गरेका छन्, म अरु बढी टिप्पणी सेनाको बारेमा गर्न चाहन्न ।’