– नरेन्द्र कार्की
दार्चुला, ११ वैशाख । दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा पर्यटक आउने क्रम बढेको छ । पछिल्लो समय अपि हिमाल तथा संरक्षण क्षेत्र भित्र घुम्न आउने पर्यटक बढ्न थालेका छन् । दार्चुलामा फ्रान्सका पर्यटकहरु आउन थालेका छन् ।
घुसा गाविसको अपि वेशक्याम्प सम्म घुम्नको लागि छ सदस्यीय फ्रान्सेली पर्यटक वेश क्याम्प पुगेको घुसा गाविसका संरक्षण उपभोक्ता समितिका अध्यक्ष कमानसिह धामीले बताउनुभयो ।
छ सदस्य टोलीमा ३ महिला र ३ जना पुरुष छन् । घुम्न आएका फ्रान्सेली पर्यटकहरुमा एजेन्स मरैइ चैसिल, इड्रोस्ड डेभिड एलेक्स ड्युरेक्सन, एलेक्सन्डेरी पउल काल्र्स, नताले रेविका स्टेफानी मोइन, वइलिता मरीया ड्रोज्ड, र सेवस्टीन लरेन्ट रोबर्ट रहेका छन् ।
उनीहरुलाई संरक्षण क्षेत्र देखाउन वनरक्षक शंकर बडाल टोलीमा छन् । टोलीलाई संरक्षण क्षेत्र उपभोक्ता समिति घुसाले स्वागत समेत गरेको छ । टोली अपि हिमाल हेर्नुको साथै संरक्षण क्षेत्रको समेत दृष्यावलोकन गर्ने अपि नाम्पा संरक्षण क्षेत्रले जनाएको छ ।















प्रतिक्रिया