काठमाडौं, १० वैशाख । भूकम्पबाट क्षति पुगेको नेपाली सेनाको मुख्यालयको नयाँ भवनको निर्माण हुनेभएको छ ।
शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले एक विशेष समारोहबीच जंगी अड्डा भवनको विधिवत रुपमा शिलान्यास गरेका छन् ।
‘विनाशकारी भूकम्पबाट नेपाली सेनाको विभिन्न स्थानमा रहेको ११०९ वटा भौतिक संरचनाहरु क्षतिग्रस्त भएको मध्ये सैनिक मुख्यालयको भवन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

करिब २ लाख ८५ हजार वर्ग फिट क्षेत्रफलमा नयाँ निर्माण हुन लागेको भूकम्प प्रतिरोधात्मक जंगी अड्डाको आधुनिक भवन आगामी २ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक एवं अन्यदर्जाहरुको उपस्थिती रहेको थियो ।

















प्रतिक्रिया