काठमाडौं, ८ बैशाख । भूकम्प र नाकाबन्दीले थला परेको पर्यटन बजार उकास्न तथा नेपाली पर्यटनलाई विश्वव्यापीकरण गर्ने उद्देश्यकासाथ नेपाल सरकारले १० वर्षे रणनीतिक योजना ल्याएको छ ।
सरकारले १० बर्षे रणनीतिक योजना कार्यान्वयनको लागि साढे ६ अर्ब बजेट विनियोजन गरेको बताएको छ ।
सन् २०१६ देखि २०२५ सम्म लागु गरिसकिने लक्ष्य रहेको उक्त रणनितिक योजनामा आगामी आर्थिक बर्षभित्रमा ३२ ओटा कार्य गरिसक्ने लक्ष्य रहेका पर्यटन विभागका महानिर्देशक सुर्दशन ढकालले जानकारी दिनुभयो । भूकम्पको १ बर्ष पुग्नै लाग्दा नेपाली पर्यटन क्षेत्रले खेप्नुपरेका सास्ती र पिडाहरुमाझ आज राजधानिमा र्राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)ले आयोजना गरेको सात्क्षात्कार कार्यक्रम तथा पर्यटनका लागि २०७२ र आगामि योजना बिषयक अन्तरक्रियामा बोल्दै महानिर्देशक ढकालले सन् २०१७ भित्रमा नेपालको पर्यटन बजारलाई पूर्णरुपमा पूर्ववत अवस्थामा फर्काउने दाबि गर्नुभयो ।
हाम्रै गलत प्रचार प्रसार तथा अनुत्तरदायी प्रवृतिले पर्यटन क्षेत्रले घाटा व्योहोरेको र यसलाई रिकभर गर्न हामि सबैको सामुहिक प्रयास आवश्यक रहेको एमाले पर्यटन विभाग प्रमूख सुर्य थापाले जोड दिनुभयो । उहाँले नाटोजले घोषणा गरेको पर्यटन संसदलाई उत्तरदायी बनाउनुपर्ने र सहयोगको लागि आफु र आफ्नो पार्टी तत्पर रहेको बताउनेभयो । पर्यटन क्षेत्रलाई उद्योगको रुपमा घोषणा गरेपनि कार्यन्वयन गर्नकोलागि केहि कानुनी व्यवधान रहेको हुदा चाँडै नै राजनितिक तवरमा यसको समधान गरिने बताउनुभयो ।

नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारिले सरकारि निकायहरु र व्यवसायीहरु मौन रहेकोले २०७२मा पर्यटन क्षेत्रले नकारात्मक असरको सामना गर्नुपरेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई राष्ट्यि स्तरमा मात्रै नभई अन्तर्राष्टिय स्तरमा समेत फैलाउन नाटोज लागिपरेकोे जानकारि दिनुभयो । अधिकारिले सम्पूर्ण पर्यटन क्षेत्रका मुद्दाहरुलाई एकै थलोमा ल्यायर सुल्झाउने उदेश्यकासाथ आफुहरुले पर्यटन संसद घोषणा गरेको र यसमा सम्पूर्ण सरेकारवालाहरुलाई समेट्ने प्रतिवद्दता जाहेर गर्नुभयो । यसैबिच नाटोजले सगरमाथा टेलिभिजनका श्री कृष्ण चालिसेलाई केन्द्रिय कार्यसमितिमा मनोनयन गरेको छ ।
पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालले ताोपानी नाका खुलाउन नसक्नु पर्यटनकालागि दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्टिय बजारमा प्रचार प्रसार गराउनुपर्ने खाँचो रहेको औल्याउनु भयो । प्रचार प्रसारको खर्च व्योहर्न पनि आपफुहरु तयार रहेको लम्सालले बताउनु भयो ।
कार्यक्रममा ट्रेकिङ एजेन्शिज एशोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र रिजालले २०७२मा पदमार्गी पर्यटकहरु ७ प्रतिश मात्रै घटेको तथ्याङक प्रस्तुत गर्नुभयो । पर्यटन विकासकालागि अन्तर्राष्टिय बजारमा पर्यटन व्यवसायी र सरकारले सहकार्य गरेर अगाडि जानुपर्ने धारणा राख्नुभयो । नेपाल माउन्टेनिङका अध्यक्ष आङक्षिरिङ शेर्पाले सन् २०१५मा हिमाल आरोहणमा १३ प्रतिशतले कमि आएको बताउनुभयो । साथै यसै अप्रिल ३० मा मनास्लु र ल्होत्से आरोहणको हिरक जयन्ति मनाउने क्रममा अन्तर्राष्टिय आरोहि तथा मिडयाको उल्लेख्य सहभागिता गराईने बताउनुभयो । त्यस्तै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले पूर्वाधारको विकासमा जोड दिनुभयो ।
टुरिस्ट गाईड एशोसिएशनका महासचिव हेमविक्रम शाहीले सरकारले बिना तयारि हचुवाको भरमा २०७३लाई घुमफिर बर्ष घोषणा गरेको बताउनुभयो । सुदुरपश्चिममा अथाह पर्यटकिय सम्भावना रहेपनि सरकारले उक्त क्षेत्रमा एउटापनि सरकारि निकाय नहुनु पर्यटन क्षेत्रकालागि लज्जास्पद बिषय भएको बताउनुभयो । साथै नयाँ पर्यटकिय गन्तव्य पहिल्याउन सरकार तथा व्यवसायी लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुल बहादुर गुरुङले आन्तरिक पर्यटक बृद्दी गर्न सञ्चार माध्यम तथा व्यवसायीले जोडतोडका साथ लाग्नुपर्ने बताउनुभयो ।
















प्रतिक्रिया