१७ कार्तिक २०८३, मंगलबार

भागेर विहे गरेकी छोरीलाई माइतीले जबरजस्ती फर्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-1जाजरकोट, ८ वैशाख । जाजरकोटमा एक युवतीले अात्महत्या गरेकी छन् ।

भानुभक्त उच्च माविमा कक्षा १२ मा अध्ययनरत लहँ–४ की २० वर्षीया सुस्मिता  थापाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको स्थानीयवासी हरिश रावलले जानकारी दिए ।

यही वैशाख ३ गते डाडागाउँ–५ का कालीबहादुर पुनसँग प्रेमविवाह गरेकी थापालाई माइतीले जबर्जस्ती फर्काएर वैशाख ४ गते माइतीमै ल्याएपछि मंगलबार साँझ आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् ।

अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै थापालाई विवाह गर्नबाट रोकिएको थियो । रासस