काठमाडौं, ८ वैशाख । दशा लागेपछि मानिसलाई गाईको बाच्छाले समेत लखेट्न थाल्छ भन्ने उक्ति सांसद एवम् पूर्व फुटबल खेलाडी गणेश थापाको जीवनमा पनि चरितार्थ भएको छ । गणेश थापाले सार्वजनिक स्थलमा एक व्यक्तिको थप्पड खाएपछि उक्त उक्ति चरितार्थ भएको ठानिएको हो ।
दशा लागेका बेला झलनाथ खनालले सुनसरीमा आफ्नै पार्टीका कार्यकर्ताबाट झापड खाएका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डले पनि आफ्नै पार्टीका कार्यकर्ताबाट काठमाडौंको भृकुटीमण्डपमा थप्पड भेटेका थिए । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
त्यसअघि प्रजातन्त्रकालमा कांग्रेस नेता रामचन्द्र पौडेलले चाहिँ तत्कालीन एमालेका नेता गोल्छे सार्कीबाट गालामा एक चड्कन खाएका थिए ।
अहिले गणशे थापा आफ्नो एक कार्यकर्ताबाट उनीसम्बद्ध राप्रपा नेपालकै कार्यकर्ताबाट पिटाइ खाएको जानकारी प्राप्त भएको छ ।
जानकारीअनुसार गणेश थापा आफ्नो एक नातेदारको मृत्यु भएपछि अन्त्यष्टिका लागि चैत २९ गते सोमबार राति पशुपतिस्थित आर्यघाटमा पुगेका थिए । एकातिर आफन्तको लाश जल्दै थियो अर्कोतिर आफन्तको लाश जल्दै थियो अर्कोतिर गणेश थापा केही मानिस (मलामी आएका)हरूसँग गफिँदै थिए ।
गफिँदै गर्दा गणेश थापाको अघिल्तिर एक युवा उभिन आइपुगे र आउनेवित्तिकै उनले गणेश थापामाथि लगातार तीन थप्पड प्रहार गरे ।
अचानक भएको आक्रमणको उनले सामना गर्न सकेनन्, ढुनमुनिँदै पछि हटे । त्यसपछि थापाका शुभचिन्तकहरू आक्रमणकारीमाथि जाइलागे ।
सबैले एक व्यक्तिमाथि प्रहार गर्न थालेपछि महिरहाल्यो भने त्यसको दोष आफैमाथि आउने देखेर गणेश थापाले आक्रमणकारी भएको ठाउँ पुगे र आफ्ना शुभचिन्तकहरूलाई सम्झाइबुझाइ गर्न थाले ।
गणेश थापाले अलिक जोडले जबर्जस्ती गरेपछि उनका शुभचिन्तकहरूले आक्रमणकारीलाई कुटपिट गर्न छाडेका थिए । त्यसक्रममा त्यहाँ कसैले गणेश दाईलाई तैँले किन कुटपिट गरिस् भन्ने प्रश्न गर्दा ‘आफूले गणेश दाईलाई पिट्न चाहेको होइन, कमल थापा भनेर ठोकेको’ भनी ती आक्रमणकारीले जवाफ दिएका थिए ।
हिन्दूराष्ट्र बनाउने भन्ने कमल थापाले इसाईहरूको पैसा खाएर माओवादी–एमालेसँग मिल्न गएको’ उनको भनाइ थियो ।
‘कमलेले पहिले राजालाई धोखा दियो, अहिले जनतालाई धोखा दिएको छ, त्यसलाई त मैले एक न एक दिन पिट्नैपर्छ, तर भाइचाहिँलाई पिट्ने मरो सोँचाइ थिएन, रातको समयमा प¥यो, ठूलो–ठूलो कुरा गर्दै थियो, पक्कै कमल थापा हुनुपर्छ भन्ने लागेर ठोकेको भाइचाहिँ परेछ’ आक्रमणकारी युवकले आफ्नो साथीहरूसँग भन्ने गरेका छन् ।















प्रतिक्रिया