सुर्खेत, ७ बैशाख । सुर्खेतमा एक महिलाको शव फेला परेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार माइतीघर जान्छु भनि सोमबार घरबाट हिँडेकी सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१ बस्ने २६ वर्षीया देवी कुमाल घर फर्की नआएपछि खोजी गर्नेक्रममा सोही ठाउँस्थित कृष्ण सामुदायिक बनमा मंगलबार मृत अबस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया