१७ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा सवारी दुर्घटना, २४ वर्षीया युवतीसहित दुईको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, ७ बैशाख । राजधानीमा सोमबार भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अुनसार काठमाडौं महानगरपालिका–१३ वाफलस्थित सडकमा ना.५ ख ५५६८ नम्बरको ट्रकले वा.३८ प ३८२५ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा भएको दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीया सिता आचार्यको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसगैरी बाँकेको गनापुर पिप्रहवा नजिकै भे.१ त ५९४९ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा ठक्कर दिँदा मंगलबार गम्भीर घाइते भएका सोही ठाउँ बस्ने कौसर अहमदको छोरा २ वर्षीय महमद जुनियर अहमदको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर फरार चालकको खोजी गरिरहेको छ ।

यसैगरी सर्लाहीको रानीगंज–२ स्थित पुर्व–पश्चिम लोकमार्गमा ना.३ ख ४८८८ नम्बरको ट्रकले ना.१ ज २६९५ नम्बरको म्याजिकलाई ठक्कर दिँदा म्याजिक चालक हरिवन नगरपालिका–६ बस्ने २५ वर्षीय सरोज परियारसमेत १० जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि मोडेल अस्पताल लालबन्दी पठाएकोमा २ जनालाई थप उपचारको लागि काठमाडौं तथा ३ जनालाई चितवन रिफर गरिएको छ । हाल फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार अन्य आवश्यक कार्य गरिरहेको छ ।