१७ कार्तिक २०८३, मंगलबार

खाध प्रविधिका विद्यार्थीलाई ‘गोबिन्द बल्लव पन्त’ स्मृति नेफ्सा सम्मान प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

award 2

काठमाडौं, ७ वैशाख । देशभरका खाद्य प्रबिधिका उत्कृष्ट बिधार्थीमध्ये त्रिभुवन बिश्वबिद्यालयबाट एक जना र पुर्बांचल बिश्वबिद्यालयबाट एक जनालाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लव पन्त स्मृति नेफ्सा सम्मान प्रदान यसबर्ष काठमाडौँमा एक बिशेष समारोह बीच त्रिभुवन बिश्वबिधालयका सुशील कोइराला (पोखरा बिज्ञान तथा प्रबिधि क्याम्पस) र पुर्बांचल बिश्वबिद्यालयका राजु कुँवर (क्याफोडाट कलेज, काठमाडौँ) लाई पुर्बांचल बिश्वबिधालयका पूर्व उपकुलपति प्राधापक जगत बहादुर केसी र बरिष्ठ खाध बैज्ञानिक डाक्टर देवभक्त शाक्यले प्रदान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अथिति प्राध्यापक जगत बहादुर केसीले मुलुकको औद्योगिक बिकाश निर्माणमा यस शिक्षाले प्रमुख भूमिकामा खुशी ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी केन्द्रिय प्रबिधी क्याम्पस धरानका संस्थापक प्राध्यापक डा देब भक्त शाक्यले खाध्य प्रबिधिका नेपाली विद्यार्थीले देश बिदेशमा गरेको प्रगतीले आफु खुशी रहेको बताउनु भएको थियो । कार्यक्रममा नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिक संघका सभापति तिर्थ अधिकारी र नेफ्सा हतिसार धरानका सभापति समेतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमनेफ्साका संस्थापक तथा ट्रस्टका सभापति हिक्मत थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने सन्चालन कार्यक्रम संयोजक नवराज दाहालले गर्नु भएको थियो ।